काठमाडौँ: काठमाडौं महानगरपालिका-३० कमलपोखरीस्थित शान्दार म:म रहेको भवनमा आगलागी हुँदा ११ जना घाइते भएका छन्।

बिहीबार बिहान ८:५० बजे आगलागी हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी अपिलराज बोहरलाले जानकारी दिए।

उनका अनुसार बिहान कामदारहरूले ग्यास सिलिन्डर सार्ने क्रममा अकास्मात् आगलागी भएको थियो। सिलिण्डर सार्ने क्रममा ग्यास लिकेज भएपछि आगलागी भएको एसपी बोहराले बताएका छन्।

घाइतेहरूमा उदयपुरका २२ वर्षीय प्रजित लामा, काभ्रेका २५ वर्षीय छिरिङ लामा, उदयपुरका २१ वर्षीय धनबहादुर तामाङ, ललितपुरका १९ वर्षीय आयुस मगर, मोरङका १८ वर्षीय मनिष पोखरेल, चितवनका १८ वर्षीय रोशन लामा थिङ, उदयपुरका २४ वर्षीय सन्जोग मगर, उदयपुरका २५ वर्षीय नविन मगर, हेटौडाका १८ वर्षीय सुविन राई, उदयपुरका २० वर्षीय यसकुमार घले र १९ वर्षीय बिरस मगर छन्।

तीमध्ये सन्जोग र बिरस गम्भीर घाइते भएको एसपी बोहराले जानकारी दिए।

घाइतेहरूलाई त्यहीँको हिमाल अस्पतालमा प्राथमिक उपचारपछि कीर्तिपुर अस्पताल पठाइएको छ।

आगलागी पूर्ण नियन्त्रणमा आइसकेको र क्षतिको विवरण संकलन भइरहेको एसपी बोहराले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version