चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले चितवन जिल्ला अदालत उपस्थित गराएको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाको थुनछेक बहसका लागि प्रहरीले बिहीबार लामिछानेलाई अदालत उपस्थित गराएको हो।

बहस बुधबारदेखि सुरू भएको थियो। बुधबार थुनछेक बहस नसकिएपछि अदालतले लामिछानेलाई हिरासत पठाउन आदेश दिएको थियो। सभापति लामिछाने बुधबार नै चितवन जिल्ला अदालत उपस्थित भएका थिए।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेविरुद्ध जाहेरी दिएका सहकारी पीडितको तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गर्दैछन्।

बुधबार थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए। त्यसपछि जाहेरीवालाको तबर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरे।

बिहीबार १० बजेपछि जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरू आरसी गौतम, गोपिलाल देवकोटा, सीताराम दवाडी, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्दैछन्।

लामिछानेको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, केदारराज पन्त र दिपकराज तिमल्सेनाको वकालतनामा दर्ता भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए।

थुनछेक बहस विहीबार नै सक्ने तयारी छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version