सुर्खेत: सुर्खेतबाट तीर्थयात्री बोकेर भारतको कुम्भ मेला जाँदै गरेको बस बबईमा दुर्घटना भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनामा परेको हो । बसमा करिब ४० जना यात्रु सवार थिए ।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version