काठमाडौँ: आइतबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको मूल्य आज २७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी आइतबार एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार नौ सय ७० रुपैयाँ निर्धारण गरिएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ८८२.७४ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.१५ डलरमा कारोबार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version