काठमाडौं: नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजनाको आईपीओ रोकिनु दुखद भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजनाको “जलविद्युत आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती” विषयक अनुतरक्रिया कार्यक्रममा बोल्दै घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताएका छन् ।

हाल नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पिपिए) गरेको घिसिङले बताए । उनले नेपालको विद्युत उत्पादन क्षमता ३५ सय मेगावाट पुगेपनि मौसम परिवर्तनले पानीको बहाब घट्दा हिउँदमा ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको पनि बताए ।

२८ हजार ५०० मेगावाट विद्युत पुर्‍याउनकोलागि विद्युत प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पिपिए खोल्ने पक्षमा रहेको घिसिङले बताए।

हाल पिपिए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए खोलीनहालेको उनको भनाई थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version