काठमाडौँ: अमेरिकाले ‘डिपोर्ट’ गरेर चार्टर्ड विमानमार्फत् काठमाडौँ ल्याएर छाडेका आठ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो।

आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ। ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले उनीहरुलाई कार्यालयमा राखेर सोधपुछ गरिने बताए।

‘उहाँहरु अहिले हाम्रो कार्यालयमा आइपुग्नु भएको छ। अब हामी अमेरिका जाँदा कसरी जानु भयो, कसैले पीडित बनाएर ठगी गरेर पठाएको हो कि? भनेर सोधपुछ गर्छौँ र परिवारको जिम्मा लगाउँछौँ’, एसपी कुँवरले भने।

उनीहरुलाई प्रहरीले कुनै कारबाही गर्ने उदेश्यले नभइ उनीहरु नै पीडित भएको हुन सक्ने र यसरी अवैध रुपमा अमेरिका पठाउने गिरोहको बारेमा खुल्न सक्ने भएकाले सोधपुछका लागि लगिएको प्रस्ट पारेको छ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि यसअघि नै २७ जना नेपाली नेपाल फर्किसकेका छन्। डिपोर्ट भएका नेपालीलाई अमेरिकाको कानुन अनुसार अमेरिकाले नै कारबाही जरिवाना गर्ने भएकाले नेपालमा भने कुनै कारबाही हुनेछैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version