काठमाडौँ:
एएफसी कप एसियन कप छनोटअघि सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले जित हात पारेको छ।

सिंगापुरको नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १–० गोलअन्तरले पराजित गरेको हो।

नेपालको जितमा जिलेस्पीजंग कार्कीले गरेको गोल नै निर्णायक बन्यो। खेलको १२ औँ मिनेटमा जिलेस्पीले गरेको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि नेपालले ३६ वर्षपछि सिंगापुरविरुद्ध जित हात पारेको हो।

यो सँगै सिंगापुरविरुद्ध नेपालका लागि गोल गर्ने जिलेस्पीले पहिलो खेलाडी बनेका छन्। नेपालका खेलाडीले यसअघि सिगांपुरविरुद्ध गोल गर्न सकेको थिएनन्।

नेपालले पछिल्लो पटक सन् १९८९ मा फिफा विश्वकप छनोटमा सिंगापुरविरुद्ध खेलेको थियो।

नेपालले अब एएफसी एसियन कप छनोट अन्तर्गत मंगलबार मलेसियाविरुद्ध खेल्ने तालिका छ। छनोटमा नेपाल, मलेसियासँगै भियतनाम र लाओस रहेको समूह एफ मा छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version