काठमाडौँ: मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद कुमार लुइँटेललाई नियुक्त गरेको छ।

नवनियुक्त सीईओ लुइँटेल पर्यटन व्यवसायी हुन्। प्रेम बहादुर आले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०७८ फागुनमा उनलाई तारागाँउ विकास समितिको सदस्य सचिवमा नियुक्त गरेका थिए।

उनी चार वर्षका लागि नियुक्त भएका थिए भने त्यसअघि पनि उनी सोही पदमा एक कार्यकालमा बसिसकेका थिए।

उनले तारागाउँमा विकास समितिमा दुई कार्यकाल सदस्य सचिवको रुपमा बसिसकेका छन्। उनले आफ्नो कार्यकालमा हायत रिजेन्सी होटलले अतिक्रमण गरेको सरकारी जग्गाकोको खोजी र काराबाहीको प्रकृया अगाडि बढाएका कारण पनि चर्चामा रहेका थिए।

सर्लाही घर भएका उनी यसअघि पशुपति विकास कोषका कार्यकारी निर्देशका लागि छनौटमा परेका थिए। उनी छनौटमा परेपनि बाजि अर्कैले मारेपछि उनी निर्देशक बन्न पाएनन्।

उनले एमबीएसम्मको अध्ययन गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version