काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रमाथि षड्यन्त्र गरे अब उनले गुमाउन बाँकी केही नरहने चेतावनी दिएका छन्।

शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘राजनीतिक दललाई कमजोर ठानेर देशलाई मध्ययुगिन इतिहामा फर्काउने दुस्साहस नगरियोस्।’

प्रचण्डले राजतन्त्रले विगतमा गरेको गल्ती बाटै देश लामो समय संकरमणको शिकार भएको भन्दै उनले थप गल्ती नगर्न चेतावनी दिए।

‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन। खबरदार,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version