काठमाडौँ: काठमाडौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोडमा ८० लाख बढीको क्षति भएको बताइएको छ।

भाटभटेनीका सिओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ।

राजावादी समूहले शुक्रबार गरेको प्रदर्शनकाबीच प्रदर्शनकारीहरूले भाटभटेनी प्रवेश गरी तोडफोड र लुटपाट गरेका थिए।

त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन्। भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ।

सिओओ पौडेलका अनुसार दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ। काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको उनले बताए।

भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version