काठमाडौँ: संयुक्त राष्ट्र संघको ७३ औं महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजनीतिक संक्रमणकाल सकिएर तिनै तहका निर्वाचन सम्पन्न भएर र नयाँ संविधान जारी भएपश्चात देश स्थायीत्वको बाटोमा हिडेको बताएका छन्।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभाको बैठकलाई सम्वोधन गरे गर्दै यस्तो धररण राखेका हुन्। नेपालको आन्तरिक मामिला एवं राजनीतिक वस्तुस्थितिबारे राष्ट्र संघको महासभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूलाई दुई तिहाई समर्थन प्राप्त रहेको र प्रदेशहरुमा पनि बहुमतको सरकार बनेको बताएका छन् ।

सम्वोधनका क्रममा उनले आफ्नो सरकारको मुख्य नारा समृद्ध नेपाल र सुखी नेपाली रहेको बताए ।

पश्चिमाहरुले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पक्षमा कुरा उठाउने र नेपाललाई दबाव दिने गरिरहेका बेला प्रधानमन्त्री ओलीले मानवताका आधारमा नेपालले शरणार्थीहरुलाई शरण दिइरहेको बताएका छन्। उनीहरुलाई सम्मानका साथ घर फर्काउने पहल गर्न अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्रीले आग्रहसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने– ‘नेपालले मानवताका आधारमा हजारौँ शरणार्थीहरूलाई शरण दिएको छ । अन्तरराष्ट्रिय समुदायले उनीहरूको सम्मानका साथ घर जान पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्छ ।’

उनले आफ्नो देशले सधै अन्तर्राष्ट्रिय मुद्दाहरुमा देशको स्वतन्त्र धारणा राख्ने गरेको बताएका छन् ।

‘हाम्रो परराष्ट्रनीतिले हामीलाई सबैसँग मित्रता कायम गर्न र कसैसँग पनि वैरभाव नराख्न निर्देशित गर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यही सिद्धान्तअनुसार हामीले अन्तर्राष्ट्रिय मुद्दाहरूमा आफ्नो स्वतन्त्र धारणा राख्ने गरेका छौँ ।’

नेपालको परराष्ट्र नीतिअनुरुप क्षेत्रीय सहकार्यलाई ठूलो महत्व दिने गरेको प्रधानमभन्त्री ओलीले बताएका छन । यसक्रममा उनले राष्ट्र संघमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को समेत प्रशंग उठाए ।

सम्वोधनमा प्रधानमन्त्रीले भने– ‘हालै मात्र हामीले चौधौँ बिमस्टेक सम्मेलनको आयोजना गर्‍याैं । हामी सार्कजस्तो महत्वपूर्ण क्षेत्रीय संगठनलाई पुनर्जीवित गर्न चाहन्छौँ ।’

उनले भने राष्ट्रसंघको ‘लिभिङ नो वान बिहाइन्ड’ अवधाराणाले आफूहरुलाई उत्प्रेरणा प्रदान गरेको बताए ।

उनले सम्बोधनको अन्त्यमा हामी सबै मिलेर एउटा प्रतिबद्धता गरौँ, ‘इतिहासका पन्नामा एक्काइसौँ शताब्दीलाई झगडा, गरिबी, अविकास, अन्याय र शोषणको शताब्दी भनेर लेखिन नदिउँ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version