काठमाडौँ: नेकपा (माओवादी केन्द्र)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई पार्टीको उपाध्यक्ष बनाएको छ।

यही चैत १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यसँगै पार्टीको उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको माओवादी केन्द्रका सचिव लीलामणि पोख्रेलले जानकारी दिए।
गएको फागुन तेस्रो साता बसेको माओवादी केन्द्रीय समिति बैठकमा पुन आमन्त्रित अतिथिको रुपमा सहभागी भएका थिए।

पुन उपाध्यक्षमा मनोनीत भएको विषय माओवादी केन्द्रले पार्टीका तल्लो कमिटीलाई सर्कुलर गरिसकेको छ।

माओवादी केन्द्रले यसअघि नै पुनलाई उत्पादन ब्युरो इन्चार्जको जिम्मेवारी दिएको थियो। पुन पार्टीका हरेक बैठकमा आमन्त्रित नेताको रुपमा उपस्थित हुँदै आएका थिए ।

दुई कार्यकाल उपराष्ट्रपति पद सम्हालेका पुन गएको माघमै पार्टी राजनीतिमा सक्रिय हुन थालेका हुन्।

सुरुमा पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राख्दा पार्टीभित्र र बाहिर पनि आलोचना भएको थियो।

पुन २०७२ सालदेखि २०७९ सम्म उपराष्ट्रपति भएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version