काठमाडौँ: पूर्वसंस्कृति, पर्यटन तथा नागारिक उड्यनमन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलको भ्रष्टाचार प्रकरणमा आरोप लगाउनेहरु नै पर्ने दाबी गरेका छन्।

समाजिक संजाल फेसबुकमार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै उनले आफूलाई यसमा मुछ्नेहरु नै पर्ने र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्।

‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पिस छन भन्ने मैले राम्ररी बुझेको छु,’ भट्टराईले लेखेका छन्, ‘मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ।’

उनले अगाडि भनेका छन्, ‘मलाई औँला उठाउनेहरू नै पर्नेवाला छन्। डकुमेन्ट मसंग छ।आवश्यक परे सार्वजनिक गरौँला।’

आफू पर्यटनमन्त्री हुँदा आफ्नो निर्णयले राज्यलाई कुनै नोक्सानी भए प्रमाणसहित सार्वजनिक गर्न समेत भट्टराईले चुनौती दिएका छन्।

उनले भनेका छन्, ‘उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाणसहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version