काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने भएको हो ।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि कक्षा १२ को परीक्षा निर्धारित मितिमा नहुने आशंका कतिपयले गरेका थिए ।

तर, आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले देशभरका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई तोकिएको मितिमै परीक्षा सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version