काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मको लागि स्थगित भएको छ ।

शुक्रबार अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले सम्बोधन गरे । बजेट अधिवेशन भएता पनि कानुन निर्माणलाई जोड दिनुपर्ने बताए । यस निम्ति आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए ।

अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ ।

अधिवेशन अन्तर्गत गरिने कामकारबाही अन्तर्गत प्रतिनिधि सभाले पाक्षिक क्यालेन्डर समेत तयार पारेको छ ।

क्यालेन्डर अनुसार अबको बैठक वैशाख १४ र १५ गते बस्नेछ । त्यसपछि अर्को बैठक १६ गते बस्नेछ । त्यसपछि बस्ने वैशाख १९ गतेको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

नीति तथा कार्यक्रम संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्नेछन् । त्यसपछि २२, २३, २४, २५ २६, २८, ३० र ३१ गते प्रतिनिधि सभाका बैठक बस्नेछन् ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले वैशाख २८ गते दिनेछन् । २८ गतेबाट नै प्रीबजेट छलफल सुरु हुनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version