कास्की: कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका- ११ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका- ४ का भरतकुमार राई र महेश राई रहेका कास्कीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।

अन्नपूर्ण-११ स्थित त्रिवेणी ताल पदमार्गमा निर्माणको काम गरिरहेका वेला आइतबार दिउँसो हावाहुरी र पानीसँगैको परेको चट्याङले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version