काठमाडौँ: चालु आर्थिक वर्ष २०८१/८२ को चैतमसान्त सम्ममा नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स १० प्रतिशतले बढेको हो । यस्तै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स १७.२ प्रतिशतले बढेको हो ।

अमेरिकी डलरमा हेर्दा पनि विप्रेषण ८ अर्ब ७४ करोड डलर पुगेको छ, जुन गत वर्ष सोही अवधिको तुलनामा ७.३ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, चालु आवको (महिनामा ३ लाख ५८ हजार २२२ जनाले नयाँ श्रम स्वीकृति पाएका छन् । यस्तै २ लाख ४९ हजार ६५२ जनाले पुनः श्रम स्वीकृति (पहिले गएकाहरूले फेरी जाने अनुमति) लिएका छन्। यसरी विदेशमा काम गर्ने नेपालीहरूले पठाएको पैसाले देशको अर्थतन्त्र चलिरहेको देखिएको छ ।

देशभित्र रोजगारीका अवसर नहुँदा विदेश जाने नेपालीको सङ्ख्या बढ्दै जाँदा देशमा विप्रेषण मार्फत भित्रिने रकम समेत बढेको छ । अल्पकालमा रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा सकरात्मक भूमिका खेले पनि दीर्घकालमा देशका युवाहरु बाहिरिँदा समग्र अर्थतन्त्रलाई धक्का पुग्ने विश्लेषकहरुको भनाइ छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version