काठमाडौं । बाहिरी चक्रपथ निर्माण आयोजना सुरु नहुँदै १५ करोड बढी खर्च भएको छ ।
महालेखा परीक्षकको कार्यालयले आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा बाहिरी चक्रपथ निर्माण आयोजनाको प्रशासनिक कार्यमा हालसम्म १५ करोड ४३ लाख ४६ हजार खर्च भएको औंल्याएको हो ।
व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकाका ३ जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित सहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गर्ने उद्देश्यले २०५८ सालमा बाहिरी चक्रपथ अवधारणा ल्याएको थियो ।
उक्त कार्यका लागि २०६०/६१ मा प्रतिआना ५ लाखका दरले ५० मिटर फराकिलो ७१.९६ किलोमिटर सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्न ५६ अर्ब खर्च लाग्ने अनुमान भएकोमा हालसम्म आयोजना सुरु भएको देखिँदैन ।

