काठमाडौँ: गएको शुक्रबार तोलामा तीन हजार रुपैयाँले बढेको सुनको मूल्य आज घटेको छ।
सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य घटेर आज सुन प्रतितोला एक लाख ८४ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेकाे छ। यसअघि गएको शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार आठसय रुपैयाँ थियो।
गएको बिहीबार सुन तोलामा तीन हजार पाँचसय रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमै किनबेच भइरहेको समितिले जनाएको छ।
यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य निरन्तर घट्दै आएको छ।

