काठमाडौँ: सरकारले आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पने निर्णय गरेको छ। गत महिना सरकारको मन्त्रिपरिषदले आयोडिनयुक्त नुन (उत्पादन तथा विक्रीवितरण) ऐन, २०५५ लागु गर्ने निर्णय गरेको आउँदो साउन १ गतेबाट कार्यान्वयन गर्ने गरी बैशाख २२ गते राजपत्रमा सूचना नै जारी गरिसकेको छ।

पछिल्लो छ दशकदेखि साल्ट ट्रेडिङ कर्पोरेसनले विक्री गर्दै आए पनि नयाँ ऐन कार्यान्वयनमा आएसंगै साल्ट ट्रेडिङबाहेक अन्य निजी उद्योगीले पनि आयोडिन नुनको आपूर्ति तथा कारोबार गर्न पाउने छन् ।सो ऐनमा नुन कारोबार गर्न इच्छुक सबैलाई आनुमति दिन सक्ने व्यवस्था छ ।

पछिल्लो पटक स्वास्थ्य मन्त्रालयको प्रस्तावमा उक्त ऐन व्युंताइएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version