काठमाडौँ: प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच कुराकानी गर्ने भने पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले नै सभापति देउवालाई ‘मलाई सञ्चो भएन, आज भेट नगरौं’ भनेका थिए।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच मंगलबार समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भइरहेको हो।

लामो समयदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन सकेको छैन। उनीहरूबीच यस विषयमा पनि कुराकानी हुने भएको छ।

गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका थिए।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने व्यवस्था छ। तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन।

गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version