काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ महँगीएको छ । सोमबार सुन तोलामा १ हजार रुपैयाँले महँगिएको हो । चाँदी भने तोलामा ५ रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३१३.८३ अमेरिकी डलर र चाँदी ३३.१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version