काठमाडौं: एसिया कप क्रिकेटको उपाधि भारतले पुनः एकपटक हात पारेको छ। शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचालेको हो।

भारतको जितमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुलदीप यादव पाँच रन बनाउँदै नटआउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले राम्रो सुरुआत गरेको थियो । उसको पहिलो विकेट १२० रनमा गुमेको थियो । तर बंगलादेशले ठूलो स्कोर खडा गर्न सकेन । बंगलादेश ४८ ओभर ३ बलमा २२२ रनमा अलआउट भयो । लक्ष्य पछ्याएको भारतले ५० ओभरमा २२३ रन बनाएर जित हासिल गर्‍यो ।

भारतका कुलदीप यादवले तीन र केदार जाधवले दुई विकेट लिए । जसपि्रत बुमराह र युजवेन्द्र चहलले एक-एक विकेट हात पारे ।

म्यान अफ दी म्याचको अवार्ड बंगलादेशका लिटन दास र म्यान अफ दी टुर्नामेन्ट भारतका शिखर धवनले हात पारे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version