काठमाडौँ: बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो ।

बुधबार चाँदी एकैदिन ६५ रुपैयाँले बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य हालसम्मकै उच्च हो । मंगलबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३९३.८१ अमेरिकी डलर र चाँदी ३७.२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version