काठमाडौं । विपी राजमार्गको सिन्धुली-खुर्कोट सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

वर्षाका कारण सडक प्रभावित हुने भन्दै स्थानीय प्रशासनले १५ दिनका लागि उक्त खण्डमा सवारी साधनलाई निषेध गरेको हो । साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्मलाई निषेध गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सूचना जारी गर्दै विपतको अवस्था सिर्जना हुने भएकोले रातिको समयमा निषेध गरिएको उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रे, सिन्धुली र रामेछापको संयुक्त बैठकले यो क्षेत्रमा रातिको समयमा सवारी साधनलाई निषेध गर्ने निर्णय गरेको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version