काठमाडौँ:
भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)ले नेपालको अरुण तेस्रोबाट उत्पादन हुने बिजुली उत्तर प्रदेशमा बिक्री गर्न सम्झौता गरेको छ।

भारतीय मिडियाका अनुसार एसजेभीएनले उत्तर प्रदेश पावर कर्पोरेसन लिमिटेड (यूपीपीसीएल) सँग विद्युत् बिक्री सम्झौता गरेको हो।

कम्पनीले यसबारे थप विवरण उपलब्ध नगराएको पीटीआईले जनाएको छ।

निर्माणाधीन अरुण तेस्रोबाट ९०० मेगावाट बिजुली उत्पादन हुनेछ। एसजेभीएनले हाल संखुवासभा जिल्लामा यसको निर्माण गरिरहेको छ। यसको निर्माण सन् २०२८ सम्म सकिने अपेक्षा छ।

यसअघि गत मे २३ मा कम्पनीले नयाँ दिल्लीमा अरुण तेस्रोबाटै बिजुली आपूर्तिका लागि दामोदर घाटी निगम (डीवीसी)सँग पनि २०० मेगावाट विद्युत् बिक्री सम्झौता गरेको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version