काठमाडौँ: प्रदेश ७ को नाम सुदूरपश्चिम तथा राजधानी गोदावरी राख्ने निर्णयविरुद्ध धनगढीमा शनिबार बिहानैदेखि अनिश्चितकालीन बन्द आह्वान गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपालीको कांग्रेसको नेतृत्वमा आजदेखि धनगढीमा अनिश्चिकालीन बन्द आह्वान गरिएको हो।

बन्द आह्वानका कारण धनगढी बजार बन्द भएको छ भने यातायात पनि प्रभावित भएको छ।

विभिन्न स्थानबाट गएका रात्री बसहरूलाई भित्रिन दिइए पनि दिवा सेवाका लामो दूरीका कुनै पनि सवारीसाधन चलेका छैनन्। साँझ ५ बजेपछि मात्रै लामो दूरीका गाडी चल्न दिने बन्दकर्ताले बताएका छन्।

मोटरसाइकल चलाउन छुट दिइए पनि बन्दकर्ताहरूले रिक्सा, अटो रिक्साहरू चल्न दिएका छैनन्। बन्दकर्ताहरूले बिहानैदेखि बजारमा माइकिङ गर्दै बन्द सफल पार्न आह्वान गरिरहेका छन्। शनिबार परेकाले उद्योग कलकारखाना र शिक्षण संस्था भने स्वतः बन्द नै छन्।

सुरक्षा व्यवस्था कडा पारिएको छ। बन्द अाह्वान गरिएपछि ठाउँ-ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएका छन्।

शुक्रबार प्रदेशसभा बैठकले दुई तिहाइ बहुमतका आधारमा प्रदेश ७ को नाम सुदूरपश्चिम तथा स्थायी राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ मा राख्ने निर्णय गरेको थियो।

तर, यसका लागि भएको मतदानमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले भाग लिएका थिएनन्। यसैकारण कांग्रेसले आफ्नो उपस्थितिबिना गरिएको निर्णय मान्य नहुने भन्दै आन्दोलन चर्काएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version