काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यस आधारमा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।

यस्तै आइतबार चाँदीको मूल्य तोलामा २ हजार २८५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version