काठमाडौँ: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए ।

उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको अडियो सार्वजनिक भएको छ ।

साेमबार नै उनले राजीनमा दिने आकलन गरिएको थियो । तर साेमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेपछि उनी राजीनामा नदिई दिनभर बेपत्ता भएका थिए ।

त्यसपछि सत्तारुढ दलकै नेताहरूले गुप्तालाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका थिए । तर ओलीले उनलाई बर्खास्त गर्नुको साटो साेमबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्तालाई सहभागी गराएका थिए ।

त्यसपछि घूस रकम डिल गरेको अडियाे नै बाहिरिँदा पनि मन्त्री गुप्तालाई प्रधानमन्त्री ओलीले नै संरक्षण दिएको भन्दै चाैतर्फी आलोचना भएको थियाे । अन्ततः मंगलबार उनले राजीनामा दिन बाध्य भएका हुन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version