काठमाडौं: अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हारको सामना गरेको छ । सोमबार मेलबर्न स्टारसँग नेपाल ३१ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो ।

यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउको नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १४४ रन बनाएको हो।नेपालका लागि ओपनर आशिफ शेखले ४८ बलमा ५३ रन बनाउँदै अर्धशक बनाए।अर्का ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन बनाए भने कप्तान रोहित पौडेल ३१ बलमा ३३ रन बनाएर आउट भए ।

नेपालका भीम सार्की दुई बल खेल्दा एलबीडब्लु धरापमा परे भने दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोडे।कुशल मल्लले ११ बलको सामना गरेर मात्र ११ रन बनाए भने गुल्सन झाले तीन बलमा २ रन बनाएर आउट भए।नेपालका लागि आरिफ शेख भने ९ बलमा आठ रन बनाएर नटआउट रहे। मेलबर्नका लागि अस्टिन एनलेजार्क र डग वारेनले दुईदुई विकेट हात पारे।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version