काठमाडौँ:नेपाली बजारमा शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी रहेको छ । गत शुक्रबारदेखि सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेकोमा हिजो अर्थात् बिहीबार भने स्थिर रहेको थियो । आज सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रूपैयाँ कायम भएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा तोलामा २ हजार ५०० रूपैयाँ बढी हो । बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ४९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५५८.३१ अमेरिकी डलर र चाँदी ४०.८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version