काठमाडौँ: सरकारले एक लाख १७ नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले पहिलो चरणमा पाँचथर जिल्लाका एक लाख १० हजार र सिंहदरबारभित्र कार्यरत सात हजार सरकारी कर्मचारीलाई आगामी कात्तिक महिनाभित्र परिचयपत्र वितरण गर्न लागेको हो।

केन्द्रका अनुसार कात्तिकभित्रै एक लाख १७ हजार नागरिकले राष्ट्रिय परिचय पत्र पाउनेछन्। हरेक परिचयपत्रमा नदोहोरिने कोड नम्बर र व्यक्तिगत विवरण अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित राखिने केन्द्रले जनाएको छ। यो समाचार नगरिक दैनिकमा रहेको छ ।

सियाका २०, युरोपका ३८, अफ्रिकाका पाँच, अमेरिकाका आठ मुलुकमा यस्तो परिचयपत्र वितरण गरिसकिएको छ।

केन्द्रका निर्देशक सहसचिव दीपक काफ्लेका अनुसार पाँचथरका जिल्लाका सबै नागरिक र सिंहदरबारमा रहेका सरकारी कर्मचारीले कात्तिकभित्र राष्ट्रिय परिचयपत्र पाइसक्नेछन्। ‘जतिसक्दो छिटो हामीले परिचयपत्र वितरण गर्ने तयारी गरेका छौं ।

पाइलट जिल्लाका रूपमा रहेको पाँचथर र सिंहदरबारभित्र कार्यरत कर्मचारीले कात्तिकभित्र राष्ट्रिय परिचयपत्र पाउनेछन्,’ काफ्लेले भने, ‘प्रत्येक नागरिकका लागि एउटा नम्बर हुन्छ, उनको मृत्यु भएमा त्यही नम्बर अर्का व्यक्तिले पाउँदैनन्, अर्का व्यक्तिको छुट्टै नम्बर हुनेछ।’ केन्द्रले वितरण गरेको नम्बर परिवर्तन हुँदैन तर वैयत्तिक विवरण परिवर्तन हुनेछ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version