इटहरी: जेनजी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा पनि दुई जनाको ज्यान गएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका ६ जनामध्ये दुई जनाको मृत्यु भएको हो ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। घाइते चार जनामध्ये एक जनाको अवस्था गम्भीर छ । उनीहरूको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरीको इटहरी उपमहानगर कार्यालयमा जेनजी प्रदर्शनकारीले आगो लगाएपछि प्रहरीले गोली प्रहार गरेका थियो ।

प्रदर्शनकारीहरूले आगजनी गरेपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा कर्फ्यू आदेश जारी गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version