काठमाडौँ: काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन क्रममा घाइते भएर ट्रमा सेन्टर लगिएका थप दुई जनाको मृत्यु भएको छ। त्यस्तै, टिचिङ अस्पतालमा उपचाररत एक जना घाइतेको पनि मृत्यु भएको छ।

योसँगै ट्रमा सेन्टरमा मात्र मृत्यु हुनेको संख्या ६ पुगेको उक्त अस्पतालका एक डाक्टरले जानकारी दिए।

‘अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ। घाइतेहरू कति छन् कस्तो अवस्थामा छन्, केही निर्क्यौल गर्न सकिएको छैन,’ उनले भने, ‘अस्पतालभित्र पनि कोलाहलको स्थिति छ।’

योसँगै जेनजी आन्दोलनपछि ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ जना, टिचिङ र केएमसी अस्पतालमा एक-एक जनाको मृत्यु भइसकेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version