काठमाडौं: कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनैजनाको डीएनए रिपोर्ट घटनासंग मेल नखाएको खुलासा भएको छ ।

कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाका अनुसार तीनैजनाको डीएनए रिपोर्ट निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग मेल खाएको छैन ।

तीनैजनाको रिपोर्ट काठमाडौंबाट शुक्रबार नै कञ्चनपुर पठाइएको थियो ।

निर्मलाको बलात्कारपछि हत्या भएको महिनादिनसम्म पनि अपराधी पत्ता नलागेपछि स्थानीय प्रहरी र उनको परिवारसँगै असन्तुष्ट थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित उनका छोरा किरण र स्थानीय आयुस विष्टको डीएनए परीक्षण गराएको थियो ।

‘‘उहाँ (विष्ट) आफैँ विवादमा आएपछि डीएनए परीक्षणका लागि तयार हुनुभएको हो । उहाँलाई प्रमाण नष्ट गर्न भूमिका खेलेको आरोप लागेको छ । त्यसपछि उहाँ आफैँ डीएनए परीक्षणका लागि तयार हुनुभएको थियो । उहाँको रगत निर्मलाको शरीरमा भेटिएको भेजिनल स्वाबसँग म्याच खाएन,” प्रहरी प्रधान कार्यालय समेत यसबारे थप पुष्टि गरेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version