काठमाडौँ, २४ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिनु भएको छ ।

जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिनु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

हिजो जेन–जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु मन्त्री यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ ।

“प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु,” उहाँले लेख्नु भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version