काठमाडौँ: आफ्नो छोरा छोरी हराइरहेको र सोमबार दिउसोदेखि सम्पर्क विहीन भएको भन्दै अभिभावकहरुले आफ्ना बच्छाहरुको अवस्था सार्वजनिक गर्न माग गरेका छन् ।

हराइरहेका बच्चाहरुको अभिभावकहरु मध्येका एक जना मधु खड्काका अनुसार उसको छोरा पनि सोमबार २:३० बजेबाट सम्पर्क बिहीन रहेको सार्वजनिक मिडियामा बोल्नु भएको छ। उनको छोराको नाम साम्राज्य बहादुर खड्का हो।


खड्काका अनुसार उनको छोरासहित २० जना युवाहरु संसद भवन भित्रै वा अन्य कतै बन्धक बनाइयेर राखिएको हुन सक्ने आंकलन गरेका छन्। उनले आफ्नो छोराको कि सास कि लास दिनसमेत माग गरेका छन्।
यसबारे प्रहरीले हालसम्म को कति प्रदर्शनकारी पक्राउ परेको भन्ने आधिकारिक जानकारी दिएको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version