काठमाडौँ: जेन्जी आन्दोलन पछि सम्पूर्ण सुरक्षा जिम्मा हातमा लिएको नेपाली सेनाले काठमाडौँ उपत्यकामा जनजीवन केहि सामान्य हुँदै गएको भन्दै फरक फरक समय निर्धारण गर्दै निषेधाज्ञा र कर्फ्यू आदेश विहिबार र शुक्रबारका लागि जारी गरेको छ।
विहीबारका लागि सेनाले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा र बेलुका ७ बजेदेखि २७ गते शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको बियाप्तिमा भनिएको छ ।
यस्तै अत्यावश्यक कार्यका लागि बिहान ६ बजेदेखि बिहान १० बजेसम्म सबै नागरिक हिंड डुल गर्न सक्ने र साँझ ५ देखि ७ बजेसम्म पनि सबै जनता हिड्न सकिने जनाइएको छ।
तर अत्यावश्यक सेवा जस्तै यम्बुलेंस, तरकारी, दुध जस्ता बोकेका सवारी साधन, मिडिया, स्वाथ्यकर्मी, दमकल, बैंक, सरकारी संस्थामा काम गर्ने कर्मचारी जस्ता सेवामा आवद्ध भएका नागरिकलाई जुनसुकै समयमा आफ्नो परिचय पत्रका आधारमा आवातजावत गर्न मिल्ने आदेश गरिएको छ।
