काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ‘जेन-जी’ पुस्ताले ल्याएको आन्दोलनलाई समर्थन गर्दै अब देशलाई अन्तरिम सरकारको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् । शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि गरिएको प्रस्तावमा आफ्नो पूर्ण समर्थन रहेको बताएका हुन्।

शाहले आफ्नो फेसबुक पोस्टमार्फत जेन-जी पुस्ताको सुझबुझ, विवेक र एकताको प्रशंसा गर्दै उनीहरूले देशलाई सुनौलो भविष्यतर्फ डोऱ्याइरहेको उल्लेख गरेका छन् । उनले अहिलेको विषम परिस्थितिमा धैर्य र संयम राख्न जेन-जी पुस्तालाई आग्रह गर्दै, अब बन्ने अन्तरिम सरकारको मुख्य काम चुनाव गराएर देशलाई नयाँ जनादेश दिनु रहेको स्पष्ट पारेका छन्।

अहिले नै नेतृत्वमा आउन चाहने युवाहरूलाई लक्षित गर्दै शाहले भनेका छन्, “तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन।” उनले स्थायी नेतृत्वका लागि निर्वाचन अवश्यक हुने भएकाले हतार नगर्न आग्रह गरेका छन्।

अन्त्यमा, उनले राष्ट्रपतिलाई जेन-जीको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्नका लागि तत्काल अन्तरिम सरकार गठन गर्न र संसद विघटन गर्न आग्रह गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version