काठमाडौँ: भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ।

विभिन्न अस्पतालमा उपचाररत दुई जना घाइतेको बिहीबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आन्दोलनका क्रममा घाइते भएका मध्ये १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन्।

हाल ३२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ७२ जनालाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको छ।

आन्दोलनका क्रममा १ हजार ७७० जना घाइते भएको मन्त्रालयले जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version