काठमाडौं: पूर्वप्रधानन्यायाधीश सुशीला कार्की देशको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् ।

उनलाई केहीबेरमा शपथ गराउने तयारी गरिएको छ ।

राष्ट्रपति भवनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मुख्यसचिव एकनारायण, सरकारी उच्च पदस्थ कर्मचारी, जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू पुगेका छन् ।

साथै नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् ।

शपथअघि नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version