काठमाडौँ: चालू आर्थिक वर्ष २०७५/७६ को दोश्रो महिनामा नेपालको व्यापार घाटा २ खर्ब १७ अर्ब पुगेको छ । समीक्षा अवधिमा नेपालबाट १४ अर्ब ६९ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा २ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।

भन्सार विभागको नेपालको वैदेशिक व्यापार तथ्यांक अनुसार आर्थिक वर्ष २०७४ /७५को पहिलो दुई महिनाको तुलनामा आर्थिक वर्ष २०७५ /७६ को दुई महिनामा नेपालको ब्यापार घाटा ४५ दशमलब ७४ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयात ४२ दशमलब ५९ प्रतिशतले र निर्यात ८ दशमलब ०३ प्रतिशतले बृद्दि भएको छ ।

निर्यातको तुलनामा आयातमा भारी वृद्धि हुँदा समीक्षा अवधिमा ब्यापार घाटा अधिक वृद्धि भएको हो । समीक्षा अवधिमा नेपालको कुल बैदेशिक ब्यापार ३९ दशमलब ९३ प्रतिशतले वृद्धि भई २ खर्ब ४७ अर्ब पुगेको छ ।

सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा २८ अर्ब रहेको छ ।

समीक्षा आवधिमा नेपालबाट भारतमा ८ अर्ब ३२ करोड बराबरको समान निर्यात भएकोमा भारतबाट नेपालमा १ खर्ब ४६ अर्ब बराबरको सामान आयात भएको छ ।

त्यसैगरी, समीक्षा आवधिमा नेपालबाट चीनमा ३५ करोड बराबरको समान निर्यात भएकोमा चीनबाट नेपालमा २९ अर्ब १३ करोड बराबरको सामान आयात भएको छ ।

समीक्षा आवधिमा नेपालको अमेरिकासंगको ब्यापार बचतमा रहेको छ । अमेरिकासंग ३६ करोड ४६ लाख बराबरको ब्यापार बचतमा रहेको छ । समीक्षा आवधिमा नेपालबाट अमेरिकामा १ अर्ब ८२ करोड बराबरको समान निर्यात भएकोमा अमेरिकाबाट नेपालमा १ अर्ब ४६ करोड बराबरको सामान आयात भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version