काठमाडौं: जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ ।

आज सिंहदरबारमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेको नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए ।

गत मंलगबार र बुधबार भएको जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारी र अन्य पक्षमा गरी देशभर करिब ७२ जनाको मृत्यु भएको मुख्य सचिव अर्यालले बताए ।

मुख्य सचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गरेका छन् । उनले भत्केका संरचनाहरू क्रमश निर्माण हुँदै जाने समेत जानकारी गराए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version