काठमाडौँ: रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो (साउन) मा विदेशी मुद्राको सञ्चिति २८ खर्ब ६ अर्ब रूपैयाँ पुगेको छ।

डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति २० अर्ब ३ करोड डलर छ।

रेमिटेन्समा भइरहेको वृद्धिले विदेशी मुद्राको सञ्चिति बढाएको हो। पछिल्लो ३० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

साउनमा १ खर्ब ७७ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो। यो अवधिमा रेमिटेन्स भित्रिने दर २९.९ प्रतिशतले बढेको हो।

मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १६ महिना २० दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ। यस्तो क्षमता हालसम्मकै उच्च हो।

मुलुकले सात महिनासम्मको आयात धान्ने सञ्चिति भए पर्याप्त भएको मानिन्छ।

आयातमा सुधार हुन थाले पनि यस्तो सञ्चिति निकै सुविधाजनक अवस्थामा छ।

यो अवधिमा आयात ११.४ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रूपैयाँको पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा १ खर्ब २८ अर्ब रूपैयाँको आयात भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version