काठमाडौँ: गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले सुनसरीमा हत्या गरिएका खुर्सिद आलमका हत्यारालाई सात समुन्द्र पारी गएर बसे पनि नछोड्ने बताएका छन्।

खुर्सिदको हत्या भएको आज ११ औं दिनमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्न गृह जिल्लाको भुटाहा पुगेर उनले सो कुरा बताएका हुन्।

गृहमन्त्री थापाले उनका परिवारलै सरकारले घोषणा गरेको १० लाख रुपैयाँको राहत रकम र शहिदको प्रमाणपत्र समेत हस्तान्तरण गरेका हुन्। चेक रकम गृहमन्त्री थापाले उनकी श्रीमती खातिजा खातुनलाई हस्तान्तरण गरेका हुन्।

खुर्सिदलाई देश स्थिरता तर्फ जान रोक्न शक्तिले आक्रमण  गरी हत्या गरेको गृहमन्त्री थापाले भने।

कार्यक्रम सकेर फर्किने क्रममा गृहमन्त्री थापाले खुर्सिदका छोरा छोरीलाई राम्ररी पढ्न समेत आग्रह गरेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version