काठमाडौँ: निर्वाचन आयोगले नयाँ मतदातालाई सूचिकृत हुनका लागि समय तोक्ने तयारी गरेको छ।
मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगले असोज मसान्तसम्मको समय दिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश आज जारी गरेसँगै नाम दर्ताका लागि असोज मसान्तसम्मको मिति तय गर्न लागिएको हो।
आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्नका लागि अध्यादेश जारी भएको हो।
‘अब एक-दुई दिनमै मतदाता नामावली दर्ता खुल्छ। यो महिनाभर खुल्छ’ निर्वाचन आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने।
Facebook Comments Box

