काठमाडौँ: वेस्ट इन्डिजसँगको ऐतिहासिक तीन खेलको टी–२० आई सिरिजअन्तर्गत नेपाल आज सोमबार दोस्रो खेल खेल्दै छ।

यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।

पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १९ रनको कीर्तिमानी जित निकालेको नेपाली टोली लगातार दोस्रो जित हात पार्न चाहन्छ।

युनिटी कप नाममा भइरहेको सिरिजमा नेपाली टोली लगातार दोस्रो जित निकाल्दै इतिहास कायम गर्न चाहन्छ।

नेपाली टोलीले आजको खेलमा वेस्ट इन्डिजलाई पराजित गरे तीन खेलको सिरिज एक खेलअगावै आफ्नो पक्षमा पार्नेछ।

नेपाली क्रिकेट इतिहासमा राष्ट्रिय टोलीले पहिलो पटक पूर्ण टेस्ट मान्यता प्राप्त टोलीसँग प्रतिस्पर्धा गरेको हो।

उता पहिलो खेलमा नेपालसँग पराजित वेस्ट इन्डिज जित निकाल्दै तीन खेलको सिरिजमा १–१ को बराबरी गर्न चाहन्छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version