काठमाडौँ । काठमाडौँको भीमसेनस्थानमा सोमबार बिहानै आगलागी भएको छ। काष्ठमण्डप नजिकै रहेको उक्त घरमा बिहान ३ बजेदेखि एउटा घरमा आगो लाग्न सुरु भएको थियो।

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको भए पनि आगलागी नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

आगो निभाउनका लागि दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका टोलीहरू खटिएका छन्। आगलागीको कारण भने हालसम्म खुलिसकेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version