काठमाडौँ । इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत झापा लगिएको छ ।

पछिल्लो अविरल वर्षाका कारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पुर्याइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष छन् । झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजकै सहयोगमा गएराति मोटर बोटबाट ४८, डुङ्गाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version