काठमाडौं: शिक्षामन्त्री महावीर पुनले आफू मन्त्री भएपछि राष्ट्रिय अविष्कार केन्द्रलाई बजेट छुट्याउनु अनैतिक हुने बताएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय मन्त्री पुनले कृषि औजार कारखानामा बनेको धान काट्ने मेशिनको परीक्षणको भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् । आफू मन्त्री भए पनि कारखाना चलिरहेको उनको भनाइ छ । कारखानाका लागि आर्थिक स्रोत आफ्नो आत्मकथा पुस्तक बेचेको र दाताबाट प्राप्त भएको रकम भएको उनले प्रष्ट पारेका छन् ।

‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्ज कृषि औजार कारखाना चलिरहेकै छ। आर्थिक श्रोत भनेको मेरो आत्म कथाको किताब बेचेको पैसा र दाताहरुले दान गरेको पैसा हो। मन्त्री भएर कारखानाको लागि म आफैले बजेट छुट्याउनु अनैतिक काम हुन्छ। पहिलेको सरकारले छुट्याएको भए हुन्थ्यो तर छुट्‌याएनन्। भविष्यका सरकारले पैसा छुट्‌याए पनि हुन्छ’, पुनले फेसबुकमा लेखेका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version